महाअभियोगकै पक्षमा छुः देउवा

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७३

धादिङ कात्तिक ७-

deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्ध परेको महाअभियोगकै पक्षमा रहेको बताएका छन्।

नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालसँग शनिबार गरेको  भेटमा देउवाले महाअभियोग पारित गराउने पक्षमा आफू रहे पनि पार्टी भित्रको विवादले निर्णय गर्न केही अफ्ठेरो परिरहेको बताए।  आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रधानमन्त्री दाहालसँग सभापति देउवाले पार्टीभित्र सहमति कायम गर्ने प्रयत्न जारी रहेको समेत  जानकारी दिएको  दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा बताएका थिए।

x