संसद बैठक युट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी

Avatar photo
Dhadingpost
भदौ २२, २०७३

धादिङ भदौ २२

1473208716sansad

व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रशारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।

‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रशारण हेर्न पाइने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको हो । यद्यपि यसबारे अन्तिम निर्णय हुन भने बाँकी नै छ ।

सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसद सचिव हिमलाल सुवेदी र सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युबमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

व्यवस्थापिका–संसदका हरेक बैठकको प्रत्यक्ष प्रशारण युट्युबबाट गरिए मोफसलमा रहेका संचारमाध्यसमेत लाभान्वित हुनेछन् ।

सूचना प्रविधिको विकाससँगै सूचनाको प्रचारप्रसारमा व्यापकता ल्याउने उद्देश्यले यस्तो कार्य गरिएको सचिवालयले जनाएको छ । राजधानी दैनिकबाट

 

x