दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

Avatar photo
Dhadingpost
भदौ ११, २०७३

धादिङ  भदौ ११

101794688

आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको खबर आजको राजधानीमा छापिएको छ।

x