नीलकण्ठ ८ द्वारा नि:शुल्क तीन महिने तालिम सुरु

Avatar photo
Dhadingpost
बैशाख १५, २०८३

धादिङ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै नीलकण्ठ नगरपालिका वडा नं. ८ ले निःशुल्क सीपमूलक तालिम सुरु गरेको छ ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार तालिममा ३१ जना विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भई विभिन्न सीप सिकिरहेका छन् । रामकोट आरोहण शिक्षालयमा सञ्चालन भइरहेको उक्त तालिम तीन महिनासम्म निरन्तर चल्ने जनाइएको छ ।

विद्यार्थीहरूलाई खाली समयको सदुपयोग गराउँदै व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । यस्तो प्रकारको कार्यक्रमले युवाहरूलाई आत्मनिर्भर बनाउन र भविष्यमा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।