धादिङमा १५औं राष्ट्रपति रनिङ शिल्ड बैशाख ७ देखि

Avatar photo
Dhadingpost
चैत्र २७, २०८२

धादिङ । धादिङमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख ७ गतेदेखि सुरु हुने भएको छ ।

धादिङबेसीमा बैशाख ७ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको निर्णय जिल्ला समन्वय समितिको सभाहलमा बसेको सल्लाहकार समितिको बैठकले गरेको हो । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रदेशको निर्देशनअनुसार तोकिएको समयभित्र प्रतियोगिता सम्पन्न गरी छनोट खेलाडीको सूची प्रदेशमा पठाउने तयारी गरिएको छ ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

विगत पाँच संस्करणको नतिजा

गत वर्ष सम्पन्न धादिङको  औं औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २२ स्वर्ण, ६ रजत र १० कास्य पदक सहित नीलकण्ठ नगरपालिकाले जितेको थियो । थाक्रे गाउँपालिका दोस्रो र रुवी भ्याली  तेस्रो भएको थियो । गत वर्ष पालिका स्तरीय छनोट गरेपनि बेनीघाट रोराङ गाउँपालिका भने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।