
काठमाडौं । सामाजिक सञ्जालमा लोकप्रिय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध एमालेनिकट युवा संघ नेपाल ले साइबर क्राइम अन्तर्गत उजुरी दिएको छ।
युवा संघले बालेनले दुई दिनअघि आफ्नो फेसबुक पेजमा लेखेको विवादास्पद स्टाटस लाई लिएर उजुरी दर्ता गरेको जनाएको छ। संघको भनाइअनुसार उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गर्ने, र मित्रराष्ट्रहरूप्रति अपमानजनक अभिव्यक्ति दिने खालको भएकोले त्यसलाई विद्युतीय अपराध (Cyber Crime) अन्तर्गत कारबाहीको माग गरिएको हो।
बालेनले मध्यराततिर अश्लील शब्द प्रयोग गरी गालीगलौजयुक्त स्टाटस लेखेका थिए। यद्यपि केही समयपछि उनले उक्त पोस्ट हटाएका थिए, तर त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
यस विषयमा काठमाडौं महानगरका मेयर साहले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
