अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि २६ जना छनोट

Avatar photo
Dhadingpost
अशोज ७, २०८२

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले असोज २४ गते आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि १३ स्थानीय तहबाट २६ जना विद्यार्थी छनोट भएका छन् ।

समाजका प्रवक्ता सुदीप भूषण अर्यालका अनुसार, छनोट भएका छात्र–छात्रामध्ये उत्कृष्ट ठहरिने विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । पुरस्कार रकममा प्रथमलाई रु. ५० हजार, द्वितीयलाई रु. ३० हजार, तृतीयलाई रु. २० हजार, चौथोलाई रु. १० हजार र पाँचौँलाई रु. ५ हजार तोकिएको छ ।

छनोट भएका प्रतियोगिको सूची :

  • गल्छी गाउँपालिका : सूचना अधिकारी, संगीता श्रेष्ठ र सक्षम नेपाल
  • त्रिपुरासुन्दरी गाउँपालिका : विवेक बन्जरा र सन्ध्या बिक
  • थाँक्रे गाउँपालिका : सम्बृदी रुपाखेती, सम्भव रुपाखेती र श्रीकृष्ण सुवेदी
  • धुनेबेशी नगरपालिका : काजल बास्कोटा, रन्जिता तामाङ र श्रीब्मा खकुरेल
  • नीलकण्ठ नगरपालिका : इशा थापा, सञ्जिवनी पौडेल, नम्रता शाक्य र अविना कार्की
  • रुबीभ्याली गाउँपालिका : मेनुका तामाङ
  • खनियाबास गाउँपालिका : आशिक तामाङ र फ्लोरिना गुरुङ
  • ज्वालामुखी गाउँपालिका : सन्देश भट्ट र बबिता गुरुङ
  • गंगाजमुना गाउँपालिका : टीका नेपाली र श्रेया तामाङ
  • सिद्धलेक गाउँपालिका : समिर गिरी र रनिशा सुनार
  • नेत्रावती डबजोङ गाउँपालिका : युनिका श्रेष्ठ रअनुष्का कमर
  • बेनीघाट रोराङ गाउँपालिका : उमिद थपलिया, राजिव भट्ट र विजय पाण्डे
  • गजुरी गाउँपालिका : अनिरुद्रसिं बस्नेत र इसा भण्डारी

समाजका अध्यक्ष राजन खकुरालका अनुसार प्रतियोगिता धादिङबेसीस्थित नीलकण्ठ नगरपालिकाको सिटी हलमा तोकिएको मिति र समयमा हुने छ ।