
धादिङ । धादिङको बेनीघाट रोराङ स्थित चरौंदीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले अत्याधिक गर्मी बढे सँगै विद्यार्थीहरुको स्वाथ्यमा ध्यान दिँदै तीन दिन स्कुल विदाको घोषणा गरेको छ ।
केहि साता अघिदेखि मौसममा आएको प्रतिकुल अवस्था र चरम् तापक्रम वृद्धि एवम् विधुत प्राधिकरणको चरम लापरबाहिको कारण अधिकतम समय विधुत आपूर्ति अवरुद्ध हुँदा पंखा समेत चलाउन नसकिएको र विधार्थीहरुमा वेहोस, वान्ता, ज्वरो र चक्करको कारण ३०% भन्दा बढस् विधार्थी स्कुलमा अनुपस्थित देखिएकोले जेष्ठ २८ देखि ३१ गते सम्म तीन दिन विद्यालय बन्द गरिएको प्रिन्सिपल टिका थपालियाले बताए ।
सट्टा गर्मी बिदा दिने विधालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ निर्ण बमोजिम विदा दिएका हौं । तथापी मौसममा अनुकुल सुधार आएमा पुनः सूचना सम्प्रेषण गरी कक्षा सञ्चालन गरिने उनले बताए । फाईल तस्वीर