वाईसीएलको सचिवमा धादिङका सन्तोष गुरुङ चयन

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०८२

धादिङ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को अध्यक्षमा दाङका पुष्प ओली निर्वाचित हुँदा धादिङबाट सचिव सहित तीन जना केन्द्रिय समितिमा चयन भएका छन् ।

को हुन् सचिव बनेका धादिङका सन्तोष गुरुङ
२०६२–६३ को १९ दिने जन आन्दोलनबाट विद्यार्थी राजनीतिमा प्रवेस गरेका धादिङको गंगाजमुनाका सन्तोष गुरुङ त्उपछि माओवादी आन्दोलनमा निरन्तर जोडिए । काठमाडौं क्षेत्र नं ५ वाईसीएलमा आवद्ध भई करिब ६३/६७ सम्म भई सोही निर्वाचन क्षेत्र अन्तर्गत वडा ३ र ४ को नेतृत्व गर्दै धादिङको वाईसीएल सँग पनि जोडिँदै गए । काठमाडौ महानगरको वाईसीएल अध्यक्षमा २ कार्यकाल व्यतित गरेका उनले काठमाडौ जिल्ला अध्यक्ष १ कार्यकाल पार गर्दै यस अघि नै केन्द्रिय सदस्य भईसकेको यो पटक उनी केन्द्रिय सचिव बन्न सफल भएका हुन् ।

धादिङबाट केन्द्रिय सदस्य चयन हुनेमा सन्तोष अधिकारी, गजुरी र नवराज मोजाकोटी नीलकण्ठ छन् ।