खनियाबास ५ मा किसानलाई टिमुरको विरुण वितरण

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २४, २०८२

धादिङ । खनियाबास गाउँपालिका वडा नम्बर ५ ले किसानलाई टिमुरको विरुवा वितरण तथा वडा कार्यालय परिसरमा कफीको विरुण रोपेर विश्व वातावरण दिवस मनाईएको छ ।

लिलाबहादुर तामाङका अनुसार किसानलाई वितरण गरिएको ५०० वटा टिमुरको विरुवा डिभिजन वन कार्यालयले सहयोग गरेको हो भने कार्यालय परिसरमा रोपिएको कफीको विरुवा सत्यदेवी साना किसान सहकारीले उपलब्ध गराएको हो ।

वृक्षा रोपणमा वडा अध्यक्ष रविन कुमार तामाङ, वडामा कार्यरत कर्मचारीहरु, स्थानीयहरुको सहभागिता थियो ।