
धादिङ । धादिङ जिल्ला क्रिकेट संघकाे आयोजनामा १५ देखि धादिङबेसीमा जारी अन्तरपालिका स्तरीय यू १९, टी २० क्रिकेट प्रतियोगिताकाे फाईनल नीलकण्ठ नगरपालिका र बेनीघाट राेराङ गाउँपालिका बीच हुने भएकाे छ ।
आज भएकाे सेमिफाइनल खेलमा नीलकण्ठले थाक्रेलाई र बेनीघाट राेराङले गजुरीलाई पराजित गर्दै फाईनल प्रवेस गरेका हुन । फाईनल खेल शनिबार बिहान ७ बजे देखि हुने छ ।
फाइनल यात्राका लागि थाक्रेले दिएकाे ८० रनकाे लक्ष्य नीलकण्ठले ९.२ ओभरमा पूरा गरेकाे थियाे भने गजुरीले दियकाे ९० रन बेनीघाट राेराङले १० ओभरमा पूरा गरेकाे थियाे ।
अध्यक्ष दिपेश कडेलका अनुसार यस प्रतियाेगिताकाे प्रथम पुरस्कार रु.३० हजार अन्तर्राष्ट्रिय धादिङ समाज भारतले र उप विजेतालाई प्रदान गरिने रु.१५ हजार अन्तर्राष्ट्रिय धादिङ समाज फिल्याण्डले सहयाेग गरेका हुन् भने धादिङका पुराना क्रीकेट खेलाडी अनिल केसी र धादिङ उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष राेहित भण्डारीले १०/१० हजार, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले खानेपानी सहयाेग गरेका छन् ।