एड्भान्समा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १५, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेकाे एड्भान्स एकेडेमीले १८ औँ गयातन्त्र दिवसमा “लोकतान्त्रिक गणतन्त्रमा नागरिकको भूमिका” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेकाे छ ।

प्रतियोगितामा कक्षा ८ र ९ का २५ जना विद्यार्थीहरुले भाग लिएका थिए जसमा कक्षा ८ तर्फ आकृति लम्साल प्रथम, राजना तामाङ द्वितीय, असिम बसाैला तृतीय भए भने कक्षा ९ तर्फ खुसि राना मगर प्रथम, कृतिका श्रेष्ठ द्वितीय, जेनिशा घले तृतीय भएका थिए ।

विजेतालाई प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।