एड्भान्समा ‘बुक फ्रि डे फ्राइडे’ अन्तरगत चित्रकला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ ११, २०८२

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा तथा ‘बुक फ्रि डे फ्राइडे’ अन्तरगत विद्यार्थीहरुमा तहगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा १ देखि १० सम्ममा चित्रकला प्रतियोगितामा कक्षा १–२ (My School), कक्षा ३–५(Town or Village), कक्षा ६–७ (Nature and scopes mountains, rivers, forest or sunsets), कक्षा ८–१० (Climate Change) शिर्षक दिईएको उक्त चित्रकला प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

प्रतियोगिताका विजेताहरु
कक्षा १-२ तर्फः आज्ञाश्री श्रेष्ठ प्रथम, व्रिजेन सुवेदी द्वतीय र आइनीश तामाङ सान्तोना
कक्षा ३-५ तर्फः स्मारिका श्रेष्ठ प्रथम, दिपसन भट्टाचन द्वितीय र स्पृहा साइ सान्तोना
कक्षा ६-७ तर्फः प्रश्न थापा मगर प्रथम, जोनस आले मगर द्वितीय र समिर मगर सान्तोना
कक्षा ८-१० तर्फः नम्रता दुवाडी प्रथम, शक्सिला तामाङ र आकृति लम्साल द्वितीय, सनिशा बयालकोटी सान्तोना

विजयी विद्यार्थीलाई विद्यालयको प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।