
धादिङ । उत्तरी धादिङको पर्यटकिय गन्तव्य रुविभ्याली गाउँपालिका–१, लिन्जोमा डिभिजन वन कार्यालय, धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा पाँचदिने खर्क व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
चरनक्षेत्र (खर्क) लाई वैज्ञानिक र दिगो तरिकाले व्यवस्थापन गर्दा घाँसपातको उत्पादन बढाउने, माटोको संरक्षण गर्ने, र पशुपालनलाई प्रभावकारी बनाउने उद्धेश्यले तालिम संचालन गरिएको जनाईएको छ ।
तालिममा सहजिकरण गरिएका मुख्य विषय
खर्क व्यवस्थापनका मुख्य पक्षहरू:
१. चारन नियन्त्रण (Controlled grazing):
खर्कमा गाईबस्तु चराउने समय, संख्यामा सन्तुलन राख्ने-ताकि घाँसलाई पुन: बढ्न समय मिलोस् ।
२. घाँसपातको सुधार:
उब्जाउ घाँसका जात रोप्ने (जस्तै: नेपियर, मल्टिफ्लोरा, सिटास घाँस आदि) र अवाञ्छित झारझङ्गार हटाउने ।
३. माटो संरक्षण:
झरनाबाट कटान नहोस् भन्नका लागि तटबन्ध, ग्याबियन, या घाँसका लेयर लगाउने ।
४. पानीको व्यवस्था:
पशुहरूका लागि पिउने पानी, र सिंचाइका लागि पोखरी, ट्यांकी, डिप पाइप आदि बनाउने ।
५. पुनः हरियालीकरण (Revegetation):
खर्क उजाड भएमा बिरुवा रोपेर हरियाली फिर्ता ल्याउने ।
६. स्थानीय सहभागिता:
खर्क व्यवस्थापनमा स्थानीय किसान, सामुदायिक वन उपभोक्ता समूह वा गुठी संस्थाहरूको सक्रिय संलग्नता आवश्यक हुन्छ ।
खर्क व्यवस्थापन किन आवश्यक छ ?
१. पशुलाई वर्षभर घाँसपातको सुनिश्चितता ।
२. माटोको कटान/भासिनबाट रोकथाम ।
३. वातावरणीय सन्तुलन कायम राख्ने ।
४. चारा आयातमा निर्भरता घटाउने ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त तालिम समापन कार्यक्रममा सहभागिहरुले स्रोतहरूको संरक्षण र उत्पादन वृद्धिको माध्यमबाट आर्थिक आम्दानीमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए । हाल उक्त क्षेत्रमा क्षेत्रमा हाल झण्डै ८ हजार भेडा, ३ सय चौँरी, केही तेल्मा, १० वटा याक र १७ वटा नाक रहेको बताईएको छ । फोटोः डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यको फेसबुकबाट