
धादिङ । नेपाल विद्यालय खेलकुद महासंघले यहि जेठ २० देखि २३ गते सम्म यू-१४ स्तरीय विभिन्न विधाका खेलहरु समावे गरिने विद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
महासंघले खेल संघ, प्याब्सन, एन प्याब्सन, र नेपाल शिक्षक महासंघ प्रतिनिधि सँग समन्वय गरी जेठ १२ गते भित्र जिल्ला र जेठ १७ गते भित्र प्रदेश छनौट गरि सक्न प्रदेश विद्यालय खेलकुद संघ र जिल्ला विद्यालय खेलकुद संघलाई पत्रचार गरेको छ ।
प्रतियोगितामा एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल, रग्बी, ब्याडमिण्ट, क्रिकेट खेलहरु हुने जिल्ला विद्यालय खेलकुद संघ धादिङका सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।
