
धादिङ । गत शैक्षिकसत्र देखि हरेक शुक्रबारलाई फ्री डे का रुपमा विद्यार्थीलाई सृजनात्मक क्रियाकलप लगाउँदै अाएकाे धादिङबेसी स्थित एड्भान्स एकेडेमीले कक्षाकाेठा सजावट प्रतियाेगिता गरि आज बुक फ्री डे मनाएकाे छ।
उक्त प्रतियोगितामा कक्षा १ देखि १० सम्ममा तहगत रुपमा कक्षा १–२ , कक्षा ३–४ , कक्षा ५–६ , कक्षा ७–८ र कक्षा ९– १० कक्षाकोठा सजावट प्रतियोगिता Level Wise Decoration Competition आयोजना गरिएको थियो ।
जसमा कक्षा (१–२) मा कक्षा २ ‘लोटस’ सेक्सन विजयी, कक्षा (३–४) मा कक्षा ४ को ‘अर्किट’ सेक्सन विजयी, कक्षा (५–६) मा कक्षा ६ ‘समर’ सेक्सन विजयी, कक्षा (७–८) मा कक्षा ७ विजयी, कक्षा (९–१०) मा कक्षा ९ विजयी हुन सफल भएको छ ।
विजयी कक्षा शिक्षक र विद्यार्थी भाइबहिनीहरुलाई ECA Co-ordinator सुनिता तामाङद्धारा पुरस्कार वितरण गरिएकाे थियाे । साथै शुक्रबारमा हुने बुक फ्री डे ले विद्यार्थीहरुको शैक्षिक तथा सृजनात्मक विकासमा टेवा पुग्ने विद्यालय प्रधानाध्यापक भिमबहादुर श्रेष्ठ बताउँछन् ।