
धादिङ । पूर्णखोपयुक्त बेनीघाट रोराङ गाउँपालिकाले १० वटै वडाका सम्पुर्ण बालबालिकाहरुलाई आवश्यक सम्पुर्ण खोपको लगाई सकेको जनाईदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङ गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरका बालबालिकाहरुलाई १५ वटा रोग विरुद्धका खोपहरु लगाउनु पर्ने हुन्छ । ति बालबालिकाहरुमा ती खोपहरु लगाएको नलगाएको अनुगमन अनुगमन पछि लक्ष्यअनुसार खोप लगाएको पाईएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिन्छ । यस अघि यस वर्ष रुबीभ्याली, त्रिपुरासुन्दरी र नीलकण्ठले यस अघि नै प्रमाणिकरण र प्रतिवद्धता कार्यक्रम गरि सकिएका छन् ।