
धादिङ । नेपाल सरकारका उप प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक भव्य समारोहका बीच धादिङको खनियाबास गाउँपालिकाको कार्यालय भवन उद्घाटन गरेका छन् ।
भवन उद्घाट सँग उप प्रधानमन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधारको विकासले जनतासँगको सेवा पहुँचलाई सहज बनाउने अभियान अन्तर्गत यो भवन एक महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।
कूल ३ करोड ३२ लाख २७ हजार चार सयमा ठेक्का खोलिएकोमा २ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको उक्त भवन जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको हो । भवन निमार्णका लागि दश जना स्थानीयले जग्गा निशुल्क उपलब्ध गराएका थिए ।
पालिका अध्यक्ष रणबहादुर तामाङको अध्यक्षतामा भएको उक्त भवन उद्घाटन कार्यक्रममा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, प्रदेशसभा सदस्यहरू डम्बर बहादुर तामाङ, शिवराज अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो ।