धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २८, २०८२

धादिङ । जय नेपाल स्पोर्टस धादिङ र नेपाल तेक्वान्दो संघ धादिङको सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ नुवाकोटका सुदिप तामाङ सेभेन हिल्सबाट र महिला तर्फ काठमाडौंकी सुसन्ध्या खड्का टुख्या तेक्वान्दो डोजाङ्गबाट उत्कृष्ट खेलाडी बदै नगद १०/१० हजार प्राप्त गरेका छन् ।

नौं जिल्लाका २० तेक्वान्दो डोजाङ्गबाट ४०५ जना खेलाडी सहभागी उक्त प्रतियोगितामा दिलिप स्मृति डोजाङ्ग काठमाडौं १२ गोल्ड, ३ रजत र ६ कास्य सहित २१ पदक सहित प्रथम, सेभेनहिल्स डोजाङ्ग नुवाकोट ७ गोल्ड, ३ रजत र ४ कास्य सहित १४ पदक सहित द्वितिय, द राईजिङ डोजाङ्ग भक्तपुर ४ गोल्ड, ४ रजत र २ कास्य सहित १० पदक सहित तृतीय भएका छन् ।

जय नेपाल स्पोर्टस धादिङका अध्यक्ष अनिश अधिकारीका अनुसार विजेता प्रथम द्वितीय र तृतीयलाई क्रमस १ लाख, ६५ हजार, र ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतको हातबाट प्रदान गरिएको थियो ।

प्रतियोगितामा धादिङको किबो तेक्वान्दो डोजाङ्ग १ गोल्ड २ सिल्भर मेडल सहित पाँचौं बन्दा जिल्लाका अन्य डोजाङ्ग यो भन्दा अगाडी आउन सकेनन् । समापन कार्यक्रमम प्रमुख अतिथि बस्नेतले धादिङ दर्ता भएको केहि समय मै यति ठुलो प्रतियोगिता आयोजना गरेकोमा जय नेपाल स्पोर्टस धादिङलाई बधाई दिँदै धादिङ जिल्ला हरेक खेलमा अव्बल बन्दै गरेकोमा खुसी व्यक्त गरेका थिए ।

खेलवधीभर सम्पुर्ण खेलाडीलाई आयोजकले बिहान र बेलुकी खानाको व्यवस्था गरेको थियो भने तेस्रो पुरस्कारका लागि अमेरिका बस्दै आएका नीलकण्ठ ९ का सन्तोष लम्सालले ३५ हजार र प्रतियोगिताका लागि अष्ट्रेलिया बस्दै आएका नीलकण्ठ ३ का रिदम तामाङ (कुमार) ले १५ हजार सहयोग गरेका छन् ।

प्रतियोगिताका लागि प्राप्त सहयोग रकम
सन्तोष लम्साल अमेरिका रु.३५,०००
सुमन परियार अष्ट्रेलिया रु.३०,०००
सन्दिप बराइली नीलकण्ठ रु.२०,०००
कृष्ण सुनार नीलकण्ठ रु.१६,०५०
शिव सुनार नीलकण्ठ रु.१५,०००
रिदम तामाङ (कुमार) अष्ट्रेलिया रु.१५,०००
प्रदिप गिरी अष्ट्रेलिया रु.११,१११
श्याम कुमार पोखरेल नीलकण्ठ रु.१०,०००
मदन राउत नीलकण्ठ रु.१०,०००
राहुल सुनार नीलकण्ठ रु.१०,०००
आमोद सुनार नीलकण्ठ रु.१०,०००
सरोज घले जापान रु.१०,०००
दुर्गा बहादुर विक पोर्चुगल रु.१०,०००
समबद कालिराज नीलकण्ठ रु.६,६५०
विवेक ओस्ती नीलकण्ठ रु.५,५५५
कुमार ढकाल अमेरिका रु.५,५५५
सिताराम सुनार नीलकण्ठ रु.५,५००
बिनोद अर्याल सिद्धलेक बहराइन रु.५,५००
मिलन बराइली नीलकण्ठ रु.५,०००
विनय भण्डारी रु.५,०००
डिजाइन श्रेष्ठ क्रोएसिया रु.४,०००
उमेश अधिकारी ज्वालामुखी रु.५,०००
त्रिमुर्ती मोबाइल हाउस रु.३०,०००
प्रकाश श्रेष्ठ ज्वालामुखी रु.३,०००