
धादिङ । उत्तरी धादिङको सुन्दर पर्यटन नगरिय रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले उप(प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग धादिङ साङकोष तिप्लिङ सडक निमार्णको काम वजेट अभावले कछुवाको गतिमा अघि बढेको जानकारी गराउदै आगामी वजेटमा आवश्यक वजेट विनियोजन गर्न माग गरेका छन् ।
पृथ्वी राजमार्गबाट धादिङ रसुवा तिब्बत जोड्ने उत्तर दक्षिण मार्ग तिब्बतबाट नेपाल भित्रीने रणनीतिरदुरगामी महत्व राख्ने सडकको लागि बजेट विनियोजन गर्न अध्यक्ष तामाङले खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाट गर्न पुगेका उप प्रधान मन्त्री सिंह सँग माग पत्र मार्फत अनुरोध गरेका छन् ।
केहि दिन अघि सशस्त्र प्रहरी बल नेपालको (बि ओ पि) बोडर आउट पोष्टको उद्घाटन रुवीभ्याली पुगेका गृह मन्त्री रमेश लेखक र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग पनि सोहि माग पत्र पेस गरेका थिए ।