एड्भान्सका विद्यार्थीले सरसफाई गर्दै विश्व रेडक्रस दिवस मनाए

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २५, २०८२

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीका विद्यार्थीले सरसफाई गर्दै विश्व रेडक्रस दिवस (मार्च ०८) मनाएका छन् ।

नेपाल जुनियर युवा रेडक्रस सर्कल ‘एड्भान्स एकेडेमी’ द्धारा प्रि–पाइमेरीका बालबालिकालाई ‘हात धुने कार्यक्रम’ र कक्षा ८–१० को विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागीतामा सरसफाइ कार्यभएको प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताए ।

एड्भान्समा आजै कक्षा १ देखि कक्षा ९ सम्मको कक्षा क्याप्टेन, हाउस सदन क्याप्टेन, भाइस क्याप्टेन तथा विद्यालय भाइस क्याप्टेन र क्याप्टेन छनोट कार्यक्रम सम्पन्न भएको छ । छनोट भएका विद्यार्थीलाई विद्यालयको अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ ले खादा तथा टिका लगाई सम्मान गरेका थिए ।