अन्याय सहेर बस्नै पर्ने व्यवस्था हो यो ?

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०८२

गरिब असहाय माथीको उत्पीडन अन्याय अत्याचार लूट शोषण दमन डर धाक धम्की यो सब सहन कै लागि हो त यो व्यवस्था ?

म गरिब बाउको छोरो हो, अढार्इ सय वर्ष देखि शासन सत्ताको हाली मुहाली गर्ने मेरा बाउबाजे हैन । घरमा पेट्भर खाना नपुने अवस्थाले सानैमा घर छाड्न वाध्य बनायो । सानैमा समाजमा पुराना सत्ताधारिले गरेको अन्याय अन्त्याचार सहनै नसक्ने भएरै विद्रोही स्वभाव लिएर हुर्किन वाध्य भएको हुँ । पढ्ने लेख्ने सानो उमेरमा ०५४ सालमा माओवादी शसस्त्र जनआन्दोलनको समर्थन गर्दै धादिङको पहिलो सहिद नारायणप्रसाद उपाध्याय (दिपक)को साथमा जुवातासको विरुद्धमा राके जुलुसमा हिडेको र तत्कालीन मलेखु आसपासका क्षेत्रमा बेथितिको विरुद्धमा बोल्ने, संगठन बनाउने जनचेतना फैलाउने, न्याय दिलाउने, दस्तावेज हतियार, सकेट वसारपसार गर्ने, नाराबाजि गर्ने फटाहालाई जनकारबाही गर्ने गाउँमै पहिलो मान्छे निर्मल, बिगुल, क्षितिज भन्ने व्यक्ति मै हुँ ।

त्यो आन्दोलनमा लाग्न उर्जा भर्ने काम सहिद हरि तिमिल्सिनाले गर्नु भएको थियो । भार्इ उज्ज्वल बराम जनयुद्धमा लाग्ने कर्तब्यनिस्ट कमान्डर हुन् । उहाँहरु पछी सायदै कम्युनिस्ट जस्तो मानव मैले अर्को भेटेको छैन । त्यो यात्रामा भेटिने र छुटिने क्रम लगातार भइनै रह्यो । सेवा नै मेरो धर्म सम्झेने मलाई जनताको पक्षमा बोलेकै कारण वसन्त भन्नेले गैर्ही पुर्सुकका कमान्डर जो धादिङको जेल ब्रेक गरेपछि माओवादीको आदर्श पुरुषको नामले चिनिने गर्दथे । उनले ज्यामरुङको र गङ्गाजमुनाको सिमानाको खोलानिर लगेर गोलि हानेर मार्नै लाग्दा अब म देखि तपाईंको योजनामा कुनै बाधा पुर्याएर बोल्ने छैन भनेर माफी मागेर उम्किए पछि बच्न सफल भएको थिँए ।

त्यसैदिन देखि आत्म रक्षकाका लागि माओवादी भएर हिड्न छाड्ने संकल्प पनि गरेको थिए । त्यसै दिन मलाई लाग्यो माओवादी जनआन्दोलनमा बेपत्ता भएका कयौ होनहार जनताका छोराछोरी जो साच्चै देश र जनताको पक्षमा बोल्ने हिम्मत राख्थे तिनीहरुलाई स्वार्थका लागि माओवादी भित्र पसेका यस्तै झुन्डले सिध्याएर तिमिहरुकै नाममा राजनीतिको रोटि सेक्दै आएका कुरामा शंका गर्नु परेन । जुन कुरा अहिलेको उत्कृष्ट भनिने माओवादी नेताहरूको आर्थिक अवस्था अनुसन्धान गरे प्रमाणित हुनेछ ।

सानैमा काठमाडौ शहरमा डेरा जमाएको मैले कोठा पढाई जागिर सानो व्यावसाय सबै छाडेर माओवादी जनयुद्धको लागि भुमिगत भएको थिए । सेना र प्रहरीको घेरा तोड्दै बच्दै हिंड्न् कति सहज थियो अहिलेको माओवादीको नाममा अथाहा कमाएर पुस्टिएका किर्नाहरुलाई थाहा हुने कुरो हैन ।

काठमाडौबाट जनआव्हान धादिङबाट प्रकाशित हुने मुक्तिमार्ग पत्रिका बोकेर हिडेको दिनले झस्काउछ । जनतालाई सुनौलो सपना बाडेर हिडेको मान्छे भ्रष्टहरुको शिकारबाट आफै बच्न नसकेपछि जनतामा जाने हिम्मत आएन । लक्ष्यमा लाग्न नेताहरुलाई गरेको खबरदारीले आफै दुस्मनको कित्तामा ल्याएर खडा गरिदिए तैपनि जनतामा परिवर्तन आउनुको सट्टामा माओवादीको संरक्षणमा गाउँमा अत्याचारको सिकार भएको महसुस गरेको छु ।

उदाहरणको लागि कतै जानु पर्दैन सिद्धलेक ६ का माओवादी पार्टीकै वडा अध्यक्ष भन्नेले पैत्रिक सम्पत्तिमा आँखा लगाए पछि वृद्ध अवस्थाका बा आमाले रुवाबासी गर्दै घरबार बिहिन भएर घर छाड्न भएको छ । बा आमाको बुढेसकालमा रेखदेख हेरचाह संरक्षणको जिम्मेवारीमा रहेको दाजुले गरेको बदमासीबाट फाइदा लिदै अंशबन्डा मिलेको छैन नापी नक्शा मिलेको छैन भनेर पटकपटक भन्दा पनि तैले के गर्छन जे गर्न सक्छन गर भन्दै मौकाको फाईदा लिनको लागि हाम्रो पारिवारिक बिवाद मिलाउनुको सट्टामा आफैले दाजुको किनेको भन्ने पारेर हामी सबैको जग्गाजमिन कब्जा गरेको कुरा हेर्ने सुन्ने बुझ्ने जो कोहिले पत्ता लगाउन सक्छन ।

गाउँमा यो गतल हो भन्न सक्ने मान्छे नहुनु पनि त्यहाँका बासिन्दा एउटा माओवादीको नाममा कति आतंकित छन भन्ने सजिलै बुझ्न सकिन्छ । म माथी बाटैमा भएको आक्रमणले पनि यो कुरा पुष्टि गर्दछ र समाजमा माओवादीको सामन्तिबादी चरित्र कसरी मौलाउदै छ भन्ने उदाहरण पनि हो यो घटना ।

यस्ता अत्याचारी आतंककारी लुटेराहरुको संरक्षण गरिरहने जनतालाई तड्पाइरहने समाजमा राजनीतिको स्वार्थमा धनी बन्ने सपना बोकेर पतनको मार्गमा हिड्नेहरुको अब प्रचण्डले भन्डाफोर गर्न सक्लान ? नसके यस्तो व्यवस्था सहेर मानेर हिडिरहन जनता सधै बाध्य हुदैनन । राजनीति परिवर्तनशिल हुन्छ चेतना हरेक व्यक्तिमा फरक हुन्छ यो कुरा जनताले आशा गरेको शक्ति माओवादीमा दुर्गन्ध आउनु पक्कै राम्रो हैन ।

जनताले पटक पटक माओवादीलाई जिताएका छन् । जनयुद्धमा जिताए, शान्तिप्रक्रिया पछिका हरेक चुनावमा जिताउँदै आएका छन् । अब पनि त्यहि शहिद वेपत्ताहरुको व्यजले मात्रै माओवादी अगाडी बढ्ने वाला छैन चेतना भया ।