
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यहि बैशाख १३ गते देखि गर्ने भनेको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फेरि स्थगित गरेको छ ।
बैशख ११ गते गर्ने भनिएको उक्त प्रतियोगिता दुई दिन पछि ससारेर बैशाख १३ गते देखि हुने सूचना जारी गरेको जिल्ला खेलकुद विकास समिति धादिङले शिक्षकहरुको आन्दोलन र नजिकै गरेको कक्षा १२ को परिक्षाले गर्दा प्रतियोगिता स्थगित गरिएको अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।
शिक्षक नभएपछि खेलाडी विद्यार्थीहरु पठाउन नसक्ने पालिकाहरुले बताए अब कक्षा १२ को परिक्षा सकिएपछि गर्र्न पालिका र प्रदेशबाट सुझाव आए अनुसार प्रतियोगिता अब तोकिएको मितिमा नहुने उनले बताए ।