धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड बैशाख १३ देखि

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १०, २०८२

धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि वैशाख १३, १४ र १५ गते नीलकण्ठ ३, धादिङबेसीमा आयोजना गर्ने भएको छ ।

यस अघि बैशाख ११ गतेबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भनिए पनि दुई दिन पछि १३ गतेबाट हुने भएको अध्यक्ष प्रतासिंह तामाङले धादिङपोष्टलाई बताए ।

प्रतियोगितामा सहभागि हुने सबै पालिकालाई पत्रचार गरि सकिएको छ । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश खल्न जान ट्रयाक सुट र किट प्रदान गरिने कार्यालय प्रमुख प्रमुख रमेशमान तुलाधरले बताए ।

गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको विजेता नीलकण्ठ नगरपालिका लगातार तेस्रो जितका लागि प्रतियोगितामा सहभागि हुनेछ भने गत साल उपविजेतामा रोकिएको थाक्रे गाउँपालिका विजेता बन्ने लयमा आफूलाई प्रस्तुत गर्ने दवावका साथ खेल्ने छ । अन्य पालिका पनि नयाँ इतिहास रच्नका लागि मात्रै नभएर प्रदेश र केद्रमा आफ्ना खेलाडी पुर्याउने योजना सहित प्रतियोगितामा सहभागी हुने छन् ।