
धादिङ । विश्वभर छरिएर रहेका नेपाली सेफहरूलाई एउटै मञ्च अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) को सह-कोषाध्यक्षमा धादिङ ज्वालामुखी १ मझुवाटारका हरिराम घिमिरे चयन भएका छन् ।
काठमाडौं स्थित भृकुटीमण्डपमा सम्पन्न भएको अधिवेशनबाट Season Hotel Limassol Cyprus मा कार्यरत धादिङका घिमिरे सह-कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा अरुण अधिकारी अध्यक्षस् अरुण अधिकारी, वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री, सह–कोषाध्यक्षमा हरिराम घिमिरे र प्रवक्तामा युवराज तामाङ निर्वाचित भएका हुन् ।
अधिबेशन पूर्व बैशाख ४ गते सम्पन्न कुकिङ प्रतियोगिताका विजेताहरु प्रथम पुरस्कार कुलिनरी आर्ट्सलाई १ लाख, दोस्रो पुरस्कार स्टार सेफ हस्पिटालिटीलाई ७५ हजार र तेस्रो पुरस्कार ह्वाइट हाउस कलेजलाई ५० प्रदान गरिएको थियो ।