धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १, २०८२

धादिङ । धादिङ जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगितामा आयोजक धादिङ कबड्डी संघले नै जितेको छ । प्रतियोगिताको फाईनलमा आयोजकले थाक्रेलाई ४४–२३ अंकले पराजित गर्दै प्रथम हुँदा बेनीघाट रोराङ गाउँपालिका र धादिङ टाइटन्स तृतीय भए ।

प्रथमलाई नगद ३० हजार र दोस्रो भएको थाक्रेलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष रत्नेश कुमार यादवले धादिङपोष्टलाई बताए । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर धादिङ कबड्डी संघकी रेजिना तामाङ, उत्कृष्ट रेडर धादिङ टाइटन्सकी धना राहाडी मगर र उत्कृष्ट अलराउण्डर धादिङ कबड्डी संघकी अन्जना घले घोषित भएका थिए ।

विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् समाप समारोहका प्रमुख अतिथि प्रतापसिंह तामाङले पुरस्कार वितरण गरेका थिए ।