धादिङ एथलेटिक्स संघकाे अध्यक्षमा गणेश रानामगर

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २९, २०८१

धादिङ । धादिङबेसीमा आज सम्पन्न भेलाबाट धादिङ जिल्ला एथलेटिक्स संघकाे अध्यक्षमा सिद्धलेकका गणेश रानामगर चयन भएका छन् ।

नव गठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पृथ्वी कटुवाल बेनीघाट राेराङ, गाैतम श्रेष्ठ ज्वालामुखी र सिताराम धमला नेत्रावती डवजाेङ, सचिवमा अस्मि बिश्वकर्मम सिद्धलेक, सह सचिवमा विनाेद रानामगर काेषाध्यक्षमा रस्मि कुमाल त्रिपुरासुन्दरी र सदस्यहरुमा प्रेम गिरी त्रिपुरासुन्दरी, रामचन्द्र श्रेष्ठ नीलकण्ठ र साेनिया गिरी त्रिपुरासुन्दरी चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले कमिटी औचारिकतामा सिमित नभई काम गर्नेमा आफु ढुक्क रहेकाे बताएका थिए ।