धादिङ जिल्ला एथलेटिक्स संघ भाेली गठन हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २८, २०८१

धादिङ । भाेली चैत ३० गते धादिङ जिल्ला एथलेटिक्स संघ गठन हुने भएकाे छ ।

राष्ट्रिय खेलकुद बिकास ऐन, २०७७ को परिच्छेद ६ को नियम २२, २३ र २४ मा व्यवस्था भए अनुसार प्रादेशीक संरचना गठन गर्ने सिलसिलामा गत माघ १८ गतेकाे निर्णय अनुसार अन्तरगत बागमती प्रदेश एथलेटिक्स संघ गठन गर्ने पकृयाको लागि धादिङ जिल्ला एथलेटिक्स संघ गठन गर्न लागिएको गणेश रानाले धादिङपाेष्टलाई बताए ।

भेलाबाट बन्ने नयाँ समिति जिल्ला खेलकुद विकास समिति मातहतकाे हुने उनले बताए । भाेली खेलकुदका अध्यक्ष प्रतापसिं तामाङकाे प्रमुख आतिथ्यामा खेलकुद कै अफिसमा भेला राखिएकाे उनले बताए ।