धादिङ सिद्धलेककी सुजिताले जितिन ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २८, २०८१

धादिङ । एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ धादिङ सिद्धलेक गाउँपालिका ७ आदमटार निवासी सुजिता अधिकारीले जितेकी छिन् ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाईनल राउण्डमा १० जना प्रतिस्पर्धी थिए । भोटको माध्यमबाट धादिङकी सुजिताले उपाधी जितेकी हुन् ।