
धादिङ । धादिङको थाक्रे गाउँपालिका ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३३ औं वार्षिकत्सव तथा अभिभावक दिवस भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक राधाकृष्ण अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा थाक्रे गाउँपालिका उप प्रमुख यन्त्र बहादुर थापा (जिन्दगी), वडा अधयक्ष हिरा बहादुर थापा (राजेन्द्र) वडा नम्बर ८ का वडा सदस्य राजकुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
उक्त समारोहमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण, अतिरिक्त क्रियाकलापमा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रिन्सिपल सञ्जीव गजुरेलले धादिङपोष्टलाई बताए ।
त्यसैगरी पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय विद्यार्थीहरुलाई मेडल वितरण तथा शिक्षकहरुलाई सम्मान थियो भने नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए । स्वीरः सुशिला अर्याल






















