
धादिङ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले धादिङको नीलकण्ठ नगरपालिका १२ साँङ्कोसमा कृषि उत्पादनको तयारी गरेको छ ।
यस अघि नेकपा पश्चिम तामसालिङ ब्युरोले धादिङको मलेखु बजार नजिकै १८ रोपनी आशपासमा धान खेती गरेको थियो । अहिले साँङ्कोसमा २० रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन गर्न लागेको मनोज सीले धादिङपोष्टलाई बताए ।
नेकपाले साँङ्कोसमा संचालन गर्न लागेकोकृषि फर्म जिल्ला सेक्रेटरी प्रमोद सी ले उद्घाटन गरेका छन् ।
कडा श्रम, सरल जीवन, आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिर्भर देश र जनता बनाउने केन्द्रीय नीति अनुसार हामीले धादिङमा कृषि उत्पादन कार्य सुरु गरेको सेक्रेटरी प्रमोद सी ले बताए ।