
चौरासी बेन्ञ्जन सुनको थालमा सुनको चम्चाले खायर मत्ता भएको राजालाई सरकार भोकमारी भो खाना नाना केही भयन मूलुकमा भनेर बिन्ती चढाउन गयको रैतीलाई जवाफमा दुध र भातु पनि खान पाइनस भनेर जवाफ दिने राजाको अन्तिम शाहाबंशीय पूर्व राजा ज्ञानेन्द्रले टाउको काटेर मारेको सर्पले पुच्छार हल्लय झै हात हल्लाउन थालेको छ, क्रान्ती घुडा, घुडा सम्म आईपुग्दा प्रतिक्रान्ती घाटी, घाँटी सम्म आईपुग्छ भन्ने माक्र्सवादी दृस्टि चिन्तन सायद नेपालको अहिलेको राजनितीक परीघटनालाई लिएर चिन्तन मनन गर्दा सपेक्षित होला झै लाग्छ । हो माहान जनयुद्धद्वारा स्थापित सबै खाले राजनीतिक मुल्यर मान्यता मज्बुत हुन नपाउँदै प्रतिक्रन्तीको बाच्छिट्टाहरु रछ्यानमा देखा पर्न थालेको छ ।
यो जुठोको टुक्राहरु कुन दिसाबाट रछ्यानमा बर्सेकोहो अन्त्य तिर सारमा आउने नै छ बाच्छिट्टा कता तिरको हो । जनतालाई गाडी बोकाएर काठमाडौं सम्म ल्यायर आफु मोज मस्तिगर्ने, जनता साक्षर बन्नु हुँदैन भन्ने राणा र शाह बंस र तिनका बाच्छिट्टाहरु घरी पिढीमा घरी आँघनमा थेग्रेनु राम्रो हैन निकै देश खतमै भो भनेर कुर्लने अबको ‘जेन जी’ (जेन्जी (Gen Z) भनेको करिब १९९७ देखि २०१२ को बीचमा जन्मिएका मानिसहरूको पुस्ता हो। यो पुस्तालाई “डिजिटल नेटिभ्स” भनेर पनि चिनिन्छ किनभने यो पुस्ता टेक्नोलोजी र इन्टरनेटको प्रभावमा हुर्केको हो।) पुस्ताले राज्य ब्यवस्था कसरी अघि बढेको छ भनेर इतिहास पढ्ने मौका पाएनकी केहो ?
काँधमा राष्ट्रिय झण्डा भिरेर दुर्गाप्रसाइको कमाण्डिङमा राजा आउ देश बचाउ भन्दै तिनकुनेमा ढुङा मुढा गर्न पुगेका जेन्जी पुस्ताले आफ्नो बा वा हजुरबालाइ एक फेरा सोधे हुनी बा २६० वर्ष राजाले चलाएको शासन ब्यवस्था मध्य तपाइले भोगेको राज संस्था र राज्य ब्यवस्था कस्तो थियो भनेर सोधे हुने र सुने हुने काहानी अनी जेन्जी पुस्ताले कुन आन्दोलानमा जाने र नजाने भन्ने कुराको आफै निर्णय गर्न सक्थे अनाहकमा दुःख पाउने थिएन्न र मृत्यु सम्म पुग्ने थिएन ।
करीबन १० अर्ब रुपयाँ जनताको पैसा बैङबाट ऋण लिएर ब्यवसाय गरेको झापाको बिएन्सी हस्पिटलका मालिक उसैको भनाइमा जनयुद्धकालिन माओवादी हुन अथवा प्रचण्डको कार्यकर्ता हुन । कसैले नचिनेको नदेखेको प्रसाइ उनैको निवासमा एमाले पार्टी अध्यक्ष खडक प्रसाद वली र माओवादी पार्टी अध्यक्ष प्रचण्डलाइ नाथे मार्सी चामलको भात ख्वायर राता रात मिडीया कभरेजमा आय अहिलेको भाषामा भन्ने हो भने अझ भाइरल भए ।
एकफेर नामै मार्सी भनेर बोलाउने गरिन्थ्यो । प्रसाइको अहिलेको अवस्थालाई हेर्ने हो भने तत्कालीन अवस्थामा ओली र दाहाललाई भात ख्वाउने प्रसाइको राजनीतिक भन्दा ब्यवसायीक कारण हो भनेर बुझ्न सकिन्छ । ठ्यक्कै यही हो त भन्न सकिन्न तर प्रचण्डलाई गाली गर्दै ओलीको पार्टीमा केन्द्रिय सदस्य जसरी बने उनको एउटै लक्ष्य भनेको बैङको ऋण मिनाहा वा सस्तो ब्याज दर नै थियो । अझ भन्नेनै हो भने उस्ले भनेको मान्दिनेहो भने केही ऋण मिनाहानै थियो । त्यो माग पुरा गर्न नसक्नु नै दाहल र ओलीको लागी दुस्मनै साबित भए । प्रचण्डलाई भन्दा ओलीलाई हजुर बा भनेर माया गर्ने तर पछी मुखै छोडेर गाली गर्ने प्रसाइ यति उग्रह र अनुशासनहिन हुनकी न याह लेखी भ्याउछ न कसैलाई भनि भ्याउन सकिन्छ ।
हो विश्व बजार आर्थीक मन्दिको चपेटामा परी रहँदा नेपाल जस्तो अर्धबिकसीत मूलुक झन आर्थीक मन्दिको मारमा पर्योनै तर याहाँ आर्थीक मन्दीको नाममा राज्यले जनता माथी गरेको अन्याय र बैङक,तथा अन्य लघु बित्तीय संस्थाहरुले जनता सँग यति मनोमानी ब्याज र किस्ताको नाममा असुल गर्न थालेकी ६–७ रुपयाँ ब्याज दरमा निकालिएको बैङ तथा लघुबित्तीय सस्थाले ऋण लगे बापत ब्याज १५–१६ प्रतिसत ब्याज तिर्न बाध्य बनाए अनिवार्य किस्ताको नाममा ऋणीहरुलाई मानसीक तनाव नै दिए प्रसाइको भनाइमा त सयौले आत्मा हत्या गरे यस्को सरकारी डाटा भेटाउदैनौ । यही सामाजीक मनोबिज्ञन बुझेर प्रसाइले देश भरी ऋण नतिर्ने अभियान नै चलाए राजधानी लगायत अन्य शहरहरुमा सभा जुलुस नै गरे जनताको पैसाबाट करोडौको गाडी चढेर हिड्ने प्रसाइको गफैको भरमा ऋण, किस्ता ब्याज्, तिर्न पर्दैन भनेर गाउँ–गाउँबाट गरीब निमुखा सोझा जनतालाई खुब भ्रममा परी सडकमा उतारे बस दुःख मात्र दिए । ऋण, ब्याज र किस्ता तिर्न पर्दैन आम्मा कसम यो अन्दोलान बाटै तपाइहरुको बैक वा अन्य बित्तीय सस्थाको पैसा तिर्न पर्दैन मिनाहा गरी छाड्छुु भनेर भाषण ठोक्दै हिन्ने प्रसाइको कुरा बिस्वास गर्दै, ब्याज र किस्ता हाल्न नसकेर तिन लोक चौध भुवन घुमायका गरीब जनताको ब्रेन वास गराएर उल्टै झन ऋणमा डुबाय सिस्टमले बैङका ब्याज दर त घटे बिएन्सीमा अनुमती लिए हल्लुड वाजको गफैमा पछि लागेर हिन्ने जनता हेरेको हेरै भए ।
प्रसाइको उग्रहरुप चल्दै थियो बजार भरी यही बीचमा प्रसाइ साइबर अपराधको केसमा केही समय थुनामा रहे, थुना मुक्त भय पछि उनी आफैले अन्टन सन्ट सङ नाम राखेर खोलेको नामबाट अभियान जारी राखे केही तिन तिग्रेहरुलाई दायाँ बायाँ बोकेर हिनिरहे प्रचण्ड र ओलीबाट आफ्नो स्वार्थ पुरा नभै सके पछि धुर्बे हात्ती झै मत्ता प्रसाइ तथानाम बोल्दै बोहुलाउदै हिनी रहे ।करीब साढे २ बर्ष पहिले मात्र राजाबादी भएका उनी यहि बीचमा यति सम्म स्खलित तर्क गरी हिडेकी थोरै सामाजिक सन्जालमा जोडिएका सबैलाई थाहा छ ।
राजा र हिन्दु राज्यको नारा बोकेको राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपा पार्टीको अध्यक्ष र तिन्का नेतालाई गाली गर्दै अस्लिल तर्कबाट उडाउँदै अचनानक ठुलै राजाबादी बने प्रसाइ । अनन्तः तिनने हिंस्रक आन्दोलानको कमाण्डर बन्ने मौका पाए र बचे खुचेको पूर्व राजपरिवारको इज्जत माथि नमिटेने गरी फेरी आर्को दाग लगाई दिए ।
यहि सिल्सिला चल्दै थियो । प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पुर्व राजा ज्ञनेन्द्र शाहद्वारा पुर्व रैतीहरुलाई संम्बोधन गरे ूअब समय आएको छ तपाइहरुले मलाइ साथ दिनुहोस भनेर भनेकै दिनबाट राप्रपाका केही नेताले हौसीयर कसैले बिज्ञप्ती निकाले त कसैले सामाजिक संन्जाल एक्स मार्फत समर्थन गर्दै हौसिए, देशभरका मठ मन्दिर र शक्ति पिठ घुम्दै जनताको चाहाना, भावना र समर्थन बुझ्दै हिनेका पुर्वराजा उनकै चाहाना बोमजिम त्रिभुवन बिमान स्थलमा स्वागत गर्न भिड जम्मा गराए, राजा आयो आयो, आजै आयो, आजै दरबर छिरायौं जस्ता तर्क दिएर हिनेका लिङदेन र ज्ञान बहदुर शाही जस्ता नेताहरुले ठुलै जितको महसुस गरे त्यो भिड देखेर पुर्व राजापनी मख्ख परे नै पक्का, आफ्नो जिवनको अन्यतिर त्यो भिड देखेर ।
उक्सहाटबाटै सितल निवासले बिस्थापित शाह बंशिय परिवारलाई फेरी राजकीय साशनमा पुन स्थापित गराउन सकिन्छ र गराउने भए जनताले भन्ने भ्रमले पुर्वपंञ्च ८७ बर्षीय नबराज सुबेदीलाई कमाण्डर तोकेर चैत्र १५ गते काठमाण्डौको तिनकुने सभा र आन्दोलानको घोषणा गर्नु नै दुर्भाग्य सबित भयो । यता भृकुटी मन्डपमा प्रमुख प्रतीपक्ष दल सहित समाजबादी मोर्चाले आयोजना गरेको भब्य जनप्रदशन जस्तै तिनकुनेमा पनी जनताको तेस्तै उपस्थिती र सभ्य हुन्छ होला भन्ने भान थियो तर आन्दोलनको कमाण्ड समालेको ब्यत्तीको कम्जोरीकै कारण क्षण भरमै २ जना ब्यत्तीको ज्यान गयो, दर्जनौ घाइते भय र करोडौको धनमालको क्षति हुन पुग्यो ।
गणतन्त्र घोषणा हुँदा खेरीनै राजतन्त्र र हिन्दु राज्यको कडा वकालत गर्ने कमल थापा र राजेन्द्र लिङदेन पुर्व राजाको वरीपरी हुँदा हुँदै पनि सर्बत्र आलोचीत मेडीकल ब्यवसायी दुर्गा प्रसाइलाइ किन आनोदालन्को कमाण्डर घोषणा गरियो त ? यसको कारण भनेको दुर्गा प्रसाइ सँग जेन्जी पुस्ताको ठुलो अराजक भिड छ त्यो भिडको प्रयोग गर्न सके जुनसुकै मुस्कील अवस्था पनि पार गर्न सकिन्छ भन्ने एउटा भ्रम थियो, काधमा राष्ट्रिय झण्डा बोकेर केही पुर्वपंञ्च केही राप्रपाका नेता र संसदहरु आन्दोलनमा सहभागी त गराउन सके तर जब कमाण्डर दुर्गा प्रसाइ शान्तिपूर्ण आन्दोलन भन्ने ठाउँमा पुगेको क्षण भरमै तिन्कुने कोटेश्वर क्षेत्र रणमैदानमा रुपान्त्रण भयो ।
आफैले गाडी हाकेर ३ लेएर प्रहरी सुरक्षा घेरा तोड्न थाले पछिको बितन्डा निकै कारुणिक थियो, घेरा तोड्न थालेपछी र तोडिएपछी आफुले जितेको भ्रममा रहेको प्रसाइको समर्थक माथी अस्रु ग्यास, पानीको फोहोरा,लाठी चार्ज देखी गोली सम्म हाने निहत्था पत्रकार र एक जना आन्दोलान कारीको ज्यान गयो यो निन्दनीय र दुखदायी छ यस्को जिम्मा, आन्दोलनको कमाण्डर प्रसाइ र आन्दोलानको जिम्मा दिने पुर्व राजा ज्ञनेन्द्र शाहलाई हदै सम्मको करबाही होस । गाडी हाकेर प्रहरीमाथी नै चढाउला झै गर्ने प्रसाइको नियत केथियो अहिलेका जेन्जी पुस्ताले हजुर बा वा बालाई एक फेरा सोधे हुने बहु चर्चित गायक प्रबिण गुरुङ माथी पुर्व युबराज पारश शाहले कसरी मोटर चढायर हत्या गरे भनेर सोधे हुने ।
काँधमा राष्ट्रिय झण्डा भिर्दैमा राष्ट्रवादी होइन्न, मेरो घरको बैठक कोठा छिर्ने बित्तीकै राष्ट्रिय झण्डा देख्न सकिन्छ राष्ट्रवादी हुनलाई राष्ट्रिय झण्डा काधमै भिर्न पर्छ ? अहिले कतै राष्ट्रिय झण्डा भिरेको युवा देखे भने, तिन्कुनेमा प्रहरीहरुमाथी बचाउ बचाउ भन्दा पनी निरन्तर ढुङा प्रहार गरी रहने युवा झै लाग्छ, जिउँदै पत्रकारलाई जलाउनेहरुको याद आउँछ, निजी आवास र ब्यापारीक भवन हरुमा लुटपाट गर्ने आगो लगाउने, गाडी फुटाउने गाडीमा आगो लगाउने अपराधीहरु जस्तो लाग्छ । केही मिडीया हाउसमा ढुङा हान्ने बुद्धी बुङ्गाहरु झै लाग्छ ।
दलका नेताहरु र दलका कार्यकर्तालाई गाली गर्ने एकदिनको आन्दोलानमा जाँदा तेती धेरै अराजक हुने जेन्जी पुस्ता चै के गतिला रैछन त ? राष्ट्रिय झण्डा बोकेर लुटी हिन्ने अपराधीहरु सायद नेपालमा मात्र होला त्यो पनी पुर्व पंञ्च र पाखण्डी दुर्गा प्रसाइका कार्यकर्ता मात्र हुन ।
ब्यवस्था परिवर्तन गर्न सफल दलहरु जनताको अवस्था परिवर्तन गर्न नसक्नुको मुल कारक नै अहिलेको व्यवस्था माथिनै हमला गर्न थालेको हो र पछिल्लो २ दशक सम्मा व्यवस्थालाई संस्थागत गर्न नसक्नु ,सुशासन कायम गर्न नसक्नु आमनगरीकलाई संम्बोधन गर्न नसक्नु अहिले प्रमुख राजनितीक घटक दलहरु मुख्य जिम्मेवार छन । अफ्नो कार्यकर्ता र जनताले जती सुझाब दिदा पनि कार्यकर्ताको सुझाव चुइक्क नमान्ने नटेर्ने नडराउने नेताहरु पुर्व राजा र तिन्का मतीयार पुर्वपंञ्चहरुले ख्वाक्क खोक्दा फेरी एक जुट हुन पर्दो रैछ जती कडा बोले पनि सिनारीयो गतिलो छैन बेलामै चेत खुलोस ।
अचानक मिडीयाबाट बिदा लिएर ूबिचार भन्दा देश माथी भन्दै नयाँ दल खोलेका रबिन्द्र मिश्र अचानक बिबेक शील सझा सँग पार्टी एकता गरे तेस्को केही समय पस्चात राप्रपा नेपाल सँग पाटी एकता गरे इन्का के बिचार थियो होला तपाई कल्पना गर्न सक्नु हुन्छ अहिले तिन्कुने घटनाको मुख्य अख्तियार यिनि पनि हुन, राप्रपा भन्ने दलले आयोजना नगरे पनि अख्तीयारीलिन पुगेका धवल शंम्सेर राणा र मिश्र प्राहरी हिरासतमा छन यिनिहरुलाई कडा कारबाही होस् । स्वतन्त्र निर्वाचन जितेका धरान मेयर हर्क सम्पाङको बिरुद्ध लागेका धर्म गुरु र तिन्का अभियान्ताले चतरा रोडमा बसेर तरवार हातमा लिएर अब रगतको खोला बग्छ भन्नेहरु आफ्नो ज्यानमा आफै गोली हानेर आतङक फैलाउने धर्म गुरु भैटोपलेको औतारीहरुले सडकमा प्रहरी माथी ढुङा हानी रहेको छ यिनीहरु धर्मको नाममा पेट पाल्नेहरु हुन यिनीहरु कानुनी कठाघरामा छन सजाय हुनै पर्छ ।
अझ सजायत तिनीलाइ होस लोकतान्त्रीक गणतन्त्र नेपालको सेवा सुबिधा खायर हिन्ने , पुर्वपंञ्च नबराज सुबेदीलाई संयोज र उदण्ड दुर्गा प्रसाइलाई कमाण्डर बनाएर भिड जम्मा गराएर हताहतको अवस्था सृजना गराए तिनीलाइ पनि न्यायको कठाघरामा उभ्यार कानुनी दण्ड बजाउनै पर्छ । संबिधानले राजा चिन्दैन शाह बंशिय परिवार भ्रममा नपरे हुन्छ मौका मिले दुर्गा प्रसाइ आफै श्रीपेच लायर राजा घोषणा गर्ने प्रबृतीका ब्यापारी हुन, यिनै प्रसाइको कारण अली अली बचेखुचेको शाह बंशिय इज्जत माथी पनि कालो धब्बा लाग्यो नै राज्य सत्ता र राजकीय मोहले र्याल काढेका पूर्व राजाले राम्रो सम्ग बुझुन आन्दोलनबाट बिस्थापित भएका राजा बिस्वको कुनै मुलुकमा आन्दोलनबाटै स्थापित भएको इतिहास मैले देखेको छैन ।
तेसैले पूर्वपञ्चको बुइ चढेर बिरेन्द्रको बसनास भयको रगतको आहाल भयको नारायण हिटी छिरेर जनताको नासो जनतालाई नै सुम्पेको श्रीपेच सिरमा पहीरने दिवासपना नदेखिसीयोस फेरी याहा मानब सागरबाट बलिदानीको कोटा पुरा गर्न गणतन्त्र समर्थीत नयाँ पुस्ता तयार भै सके । एमालेको कार्यकर्ताले ओलीको फोटो टास्दै ३ करोड नेपालीको ढुक्ढुकी भनेर प्रचार गरेझै पुर्वपंञ्चहरुले पुर्व राजाको त्यसरीनै प्रचार गरेको छन त्यो सत्य हैन । ११ लाख माओबादीको समानुपातीक भोट छ ५ लाख मात्र जनता सडकमा पुर्वपंञ्चहरुको प्रतिकारमा उउित्रयो भने चै के हुन्छ ? यो ब्यवस्था बचाउन माओबादीको सबै भन्दा ठुलो जिम्मेवारी छ नभुलौ,बिकृयको केही छ भने तत्काल आत्मा समिक्षा गरौ सुध्रौ सुध्रन जरुर छ छातीमा हात राखेर मम भनौ ।
देउवा, ओली, प्रचण्ड लगायत नेताहरुलाई बुढा भयौ भनेर कटाक्ष गर्नेहरुले नमरुन्जेल राज काज चलाइ रहन पाउने राजा चाही जेन्जी पुस्तालाई किन चाहियको हो ? हामीलाई अस्ती भर्खर लाग्ने तर अहिले राष्ट्रिय झंण्डा कांधमा भिरेर हिन्ने अधिकांस युवा पुस्तालाई थाहा नभएको २०६१ भदौ १६ गते यो मुलुकमा ज्ञानेन्द्र सरकार सत्तामा बिराजमान हुँदा के भएको थियो भनेर हजुर बा वा आफ्नै बा लाई सोध्नै नपर्ने २०८१ चैत्र १५ गते तिन्कुने क्षत्रमा के भयको थियो त्याहा पुग्ने वा समाचार हेरे र बुझे हुन्छ झल्को २०६१ भदौ १६ को झल्को मेटाउँछ कास्टिङ उस्तै हो ।
त्यसैले राष्ट्रिय झण्डा काँधमा भिरेर उदण्ड मच्चाउने यो जेन्जी पुस्तालाई यो अपिल किनभने, अन्तिम शाह राजा ज्ञानेन्द्रले सैन्यबलको सहारामा निर्वाचित प्रधानमन्त्री थुनेको, मिडिया हाउसमा सेनाका जर्नेललाई सुपर सम्पादक बनाएको, इन्टरनेट काटेको र सिंगो जनजीवन अस्तव्यस्त बनाएका कहालीलाग्दा दिनहरूमा टिकटक, फेसबुक वा कम्तिमा स्मार्टफोनको प्रयोग हुन थालेको हुन्थ्यो भने इतिहास बुझ्न नयाँ पुस्तालाई अझ सजिलो हुने थियो तेसैले भन्छु हजुर बा वा लाई एक फेर सोधौ मुलकमा राजाले के के गरे कती दुस्ख दिए भनेर ।
गौरबशाली जन्युद्ध र जनआन्दोलनको रापतापले १६ वर्षअघि नारायणहिटीबाट निकालिएका ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गुन्डाका नाइके आरएसएसका प्रचारक आदित्यनाथको आडमा दुर्गा प्रसाईं जस्ता फौजदारी अभियोग लागेका पात्रहरू भेला पारेर अराजकता फैलाउन तल्लिन छन् लाज लाग्न पर्ने हो पूर्वराजा ज्ञानेद्रलाई नागरिकको हैसियत सीमा पार गरेर नदीबाट पाखामा पछारिएको माछा झै राज्य सत्ताको मोहले छटपटाइ रहेको ज्ञानेन्द्रलाई ‘गणतान्त्रिक नेतृत्व’ले २०६५ सालमा उनले दलहरूसँग गरेको वाचा स्मरण गराएर ठेगानमा ल्याउन ढिला नहोस ।
सारमा जनताको अवस्था परिवर्तन गर्न नसक्दा उदायका राजनितिक शक्ति माथी रबी दाइ हाइ हाइ गर्नेहरु, बालेन आउ देश बचाउ भनी रहदा, लैनो पाडोले पुच्छार हल्लाए झै हात हल्लाउँदै हिन्ने ज्ञनेन्द्रलाइ केही बचे खुचेको पुर्वपंञ्चका अबसेसहरु र सार्बभौम नागरिकबाट एकै पटक रैती बन्ने चाहाना राख्ने उदण्ड प्रसाइका केही झुण्डले जय जय कार गर्ने नै भए । अब संघीय गणतन्त्र नेपालका पिता प्रचण्डले लिनुपर्छ हामी फेरी साथ दिन तयार छौ । जनता रैतीबाट नागरीक भएको यो छोटो समयमै फेरी रैत्ती बन्ने वालामा छैन पुर्वपंञ्चका केही जिबीत वा मृत अबशेषहरु बिउतिन खोज्लान र उनीहरु जनताबाट फेरी रैती बन्न तयार होलान हामी शहीदको रगत सँग साटेको यो नाफाको जिन्दगी फेरी रैती बन्ने पक्षमा छैनौ जगमान गुरुङहरु हिजो दरबारीया घ्यु भात खायर आज हामीलाइ हात सुघाउन खोज्दै छन यो कदापी सफल हुने छैन । ज्ञान बहादुर शाही जस्ता युवा पुस्ताको नयाँ जोगीले घसेको खरानीको मुल्य पिंधमा चुहियको शाहा बंसीय कसौडीको पिंध टाल्न बाहेक सौचा गरे पछी रैतीको त होला संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको नेपाली नागरीकको हात धुन लायक सम्म छैन ।
लोकतान्त्रीक गणतन्त्रको बिकल्प अझै माझीयको समुन्नत लोकतान्त्रीक गणतन्त्र नै हो यस्को बिकल्प छैन । जेन्जी पुस्ताले यो कुरा बुझ्न जरुर छकी ब्याक गेरले यात्रा पुरा गराउँदैन दुर्घटना मात्र निम्त्याउछ हामी अघि बड्नु छ सफल हुनुछ । त्यसैले समुन्नत लोकतन्त्र ,लोकतन्त्रीक नेपाललाई अझै सुन्दर बनाउन यसैलाई परिमार्जन गराउन अहिलेको ब्यस्थाको बिकल्प छैन अ(आफ्नो स्थानबाट खबरदार गरौ कुनै जाहानीय बंसिय शासकलाई सत्तामा स्थापित गराउने हैन अब तपाई हामी आफै राज्यको मालीक भै रहन पाउँदा फेरी रैती बन्ने कल्पना नगरौ यो समय देश बिकाश समुन्नत नेपाल र नेपालीको हो अबसर हामी लाइछ मुलुक कसरी अघी बढाउने भन्ने बिषयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भबिष्य तपाइ जेन्जी पुस्ताहरुनै हो केही पंञ्च र तिनका मतियारले हिजो दरबारमा खाएको घ्यू भातको गन्ध तपाइहरुलाई सुघाउदैमा तेता लाग्ने हैन कस्तुरीको बास्ना लोकतन्त्र मा छ कस्तुरीको सुगन्ध लिन बराबरी अधिकार लोकतन्त्रले दिएको छ लोकतन्त्रको बिकल्प लोकन्त्रनै हो जेन्जी पुस्तालाई ज्ञान बोध हुनुपर्छ ।
(लेखकः केशब थापा मगर, नेकपा (माओवादी केन्द्र) को जनबर्गिय सगठन मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय सचिव तथा मोर्चाको बागमती प्रदेश इन्चार्ज हुनुहुन्छ ।)