धादिङमा चैत ३० र ३१ गते प्रथम महिला कबड्डी प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १९, २०८१

धादिङ । धादिङमा चैत ३० र ३१ गते प्रथम जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

प्रथम पुरस्कार ३० हजार र द्वितीय पुरस्कार १५ हजार रहेको यस प्रतियोगिता धादिङ कबड्डी क्लब र धादिङ कबड्डी संघले आयोजना गर्न लागेको हो ।

धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश यादवका अनुसार यस जिल्ला स्तरी प्रतियोगितामा सहभागी हुन ६५ केजी भन्दा कम तौल हुनुपर्ने छ भने प्रत्येक खेलाडीको बीमा आयोजकले गर्ने छ ।