धादिङमा हुने प्रदेश स्तरीय तेक्वान्दोको मिति तय, आर्थिक सहयोग जुट्न थाल्यो

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १३, २०८१

धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको सह-आयोजनामा धादिङबेसीमा हुने बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको मिति तय भएको छ ।

प्रदेश स्तरीय प्रतियोगिता भएकोले खेल मिति नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले तय गर्दिनु पर्ने भएकोले यसअघि प्रतियोगिता छिट्टै हुँदै छ भनेका थियौं । अब प्रतियोगिता गर्ने मिति माथिबाट ठोस भएकोले बैशाख २५ देखि २७ गते सम्म आयोजना गर्दैछौं अध्यक्ष अनिश अधिकारीले धादिङपोष्टलाई बताए ।

प्रदेश भरिबाट १ हजार २०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हाम्रो अनुमान छ । प्रतियोगिताको विजयी टिमलाई ५० हजार, उपविजेतालाई ४० हजार, तृतीयलाई ३० हजार र सान्तोना टिमलाई २५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगिताको लागि प्रदेश सरकार, धादिङका स्थानीय तहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् तथापी कति सहयोग आउँछ एकिन छैन साथीभाई शुभचिन्तकबाट व्यक्तिगत सहयोग आउन सुरु भएको उनले बताए ।

अहिले सम्म प्राप्त सहयोगिको नाम

  • सुमन परियार नीलकण्ठ ३ (हाल अष्ट्रेलिया) रु.३०,०००
  • त्रिमुर्ती मोबाइल नीलकण्ठ ३ बाट रु.३०,०००
  • सन्दिप बराइली नीलकण्ठ ३ बाट रु.२०,०००
  • कृष्ण सुनार नीलकण्ठ ३ बाट रु.१६,०५०
  • शिव सुनार नीलकण्ठ ३ बाट रु.१५,०००
  • प्रदिप गिरी नीलकण्ठ ३ (हाल अष्ट्रेलिया) रु.११,१११
  • राहुल सुनार नीलकण्ठ ३ बाट रु.१०,०००
  • आमोद सुनार नीलकण्ठ ३ बाट रु.१०,०००
  • सरोज घले नीलकण्ठ ३ बाट रु.१०,०००
  • दुर्गा बहादुर विस्क नीलकण्ठ ३ (हाल पोर्चुगल) रु.१०,०००
  • श्याम कुमार पोखरेल नीलकण्ठ ३ बाट रु.१०,०००
  • समबद कालिराज नीलकण्ठ ३ बाट रु.६,६५०
  • प्रकाश श्रेष्ठ ज्वालामुखी ३ बाट रु.३०००