
धादिङ । एनआरएनए यूकेको उपाध्यक्षमा धादिङ नीलकण्ठ १४ घर भई लण्डन बस्दै आएका, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष समेत रहेका धन तामाङ चयन भएका छन् ।
सर्वोच्च अदालतको परमादेश,अनुसार गठित NRNA एकीकरण उच्च स्तरीय समन्वय समितिको संयोजक शेष घलेको प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनले प्रेम गाहामगर अध्यक्ष रहेको १९ सदस्यीय एनआरएनए यूकेको नयाँ कार्य समिति गठन गर्दा उपाध्यक्षमा धादिङका धन तामाङ चयन भएका हुन् ।

नव गठित कार्य समितिमा उपाध्यक्षहरु तीर्थ मल्ल (अनिल), डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा जानुका राई, कोषाध्यक्ष अवेश राई र सहकोषाध्यक्षमा सुरेश केसी, महिला संयोजकमा मणिकला गुरुङ र युवा संयोजक विशाल राई चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा निकेस लिम्बु,एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु,निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, कल्पना कन्डङ्वा चयन भए ।
एनआरएनए यूके आईसीसी सदस्यहरुमा लिला सेलिङ, ओमप्रसाद थापा, डा। बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र सिरीप्रसाद गुरुङ छानिएका छन् ।