जय नेपाल स्पोर्टले धादिङमा प्रदेश स्तरीय तेक्वान्दो गर्ने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १, २०८१

धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको सह आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रदेश स्तरीय प्रतियोगिता भएकोले खेल मिति नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले तय गर्दिनु पर्ने भएकोले मिति सार्वजनिक हुन बाँकी छ तर खेलको अन्य तयारी अन्तिम चरण छौं, जय नेपाल स्पोर्टस धादिङका अध्यक्ष अनिश अधिकारीले धादिङपोष्टलाई बताए ।

प्रदेश भरिबाट १२०० खेलाडीहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हाम्रो अनुमान छ । प्रतियोगिताको विजयी टिमलाई ५० हजार, उपविजेतालाई ४० हजार, तृतीयलाई ३० हजार र सान्तोना टिमलाई २५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने अध्यक्ष अधिकारीले बताए ।