सुमन स्मृति कपकाे फाईनल डिएफसी र एमवाईसी भिड्ने

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०८१

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे फाईनल आयाेजक डिएफसी र एमवाईसी बीच हुने भएकाे छ ।

डीएफसीले शिवदल गण (आर्मी) लाई र एमवाईसीले सेभेन हर्जलाई पराजित गर्दै शनिबार २:३० बजे हुने फाईलनकाे लागि स्थान सुरक्षित गरेका हुन् ।

डिएफसी टिम: रवि भण्डारी (८), विपिन कडेल (१५), सागर तामाङ (७), विकी चाम्लिङ राई (१०), समीर गुरुङ (२४), मनाेज तामाङ (१), सुर्य लामा (४७), आशिस प्रजा (३), विमल तामाङ (६), रुपेश अधिकारी (३२, सुवास विश्वकर्मा (१९) र सागर तामाङ (१३)

एमवाईसी टिम: सुमन डंगाेल (१०), साजन पुन (२), साैगात गुरुङ (३), सुसान्त गुरुङ (३०), प्रकाश पुन (१७), सिर्जन पुरी (८), सफल खत्री (१), अनिल राना मगर (७), अभय राना (१४), उत्सव शर्मा (६), मिसन लामा (११), राज पाैडेल (९)

फाईनल यात्राका लागि डीएफसीले पेनाल्टी सुट आउट मा आर्मीलाई हराएकाे हाे भने एमवाईसीकाे फाईनल यात्राका लागि अनिल रानामगरले २ गाेल, सुसान्त गुरुङ र सुमन डंगाेलले १-१ गाेल सेभेन हर्ज विरुद्ध गरेका थिए ।

फाईनल विजेताले १ लाख ७५ हजार, उप विजेताले ७५ हजार पाउने छन् भने सेमिफाइनलमा राेकिएका आर्मी र सेभेन हर्जले सान्तोना हुँदै २५–२५ हजार नगद सुनिश्चित गरेका छन् ।