
धादिङ । बागमती प्रदेश सभाकोको शिक्षा, स्वास्थ्य तथा कृषि समिति अन्तर्गत अनुगमन उपसमितिले जिल्ला खेलकुद बिकास समिती धादिङको कार्यालयमा अनुगमन गरेको छ ।
अनुगमनमा आएका शिक्षा ,स्वास्थ्य ,खेलकुद क्षेत्र नेतृत्व संयोजक सदस्य प्रदेश सभा सदस्य रामकुमार पहाडी सामु जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले खेलकुद विकासमा बजेट अभाव, खेलकुद विकास समितिको जग्गा अतिक्रमण भएको जानकारी गराउँदै राष्ट्रपति रनिङ शिल्डका लागि वजेट सुनिश्चितताका लागि आग्रह गरेका थिए ।
खेलकुदको जग्गा अतिक्रमण हुनुहुन्न यसबारे आफू गम्भिर भएको र राष्ट्रपति रनिङ शिल्डका लागि बजेट सुनिश्चितताको लागि प्रदेश खेलकुद परिषदले आफ्नो काम अघि बढाएको प्रदेश सभा सदस्य पहाडीले बताएका छन् ।