धादिङमा ५ वर्षमा ४ हजार ३ सय ३७ जना २० वर्षभन्दा कम उमेरका गर्भवती

Avatar photo
Dhadingpost
बिहिबार, माघ २४, २०८१

हेटौंडा । संविधान र कानुनले बालविवाह बदर र दण्डनीय बनाए पनि व्यवहारमा भने त्यस्तो छैन ।

बागमती प्रदेशकै सरकारी आँकडा हेर्ने हो भने पाँच वर्षमा ६२ हजार बढी किशोरी (२० वर्षभन्दा कम उमेरमा) गर्भवती भएको तथ्यांक छ।

धादिङ जिल्लामा ५ वर्षमा २६ हजार ८ सय २५ जना गर्भवती हुँदा ४ हजार ३ सय ३७ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।

बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा वढी (२० वर्षभन्दा कम उमेर) का किशोरी गर्भवती हुने जिल्लामा चितवन छ। यस्तै दोस्रोमा काठमाडौं र तेस्रोमा मकवानपुर हो। सबैभन्दा कम रसुवा जिल्लामा २० वर्षभन्दा कम उमेरका किशोरी गर्भवती हुने गरेको पाइएको छ।