एम्बुलेन्स चालक संघ धादिङको अध्यक्षमा हरि श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
सोमवार, पुस २९, २०८१

धादिङ । धादिङबेसीमा सआईतबार सम्पन्न संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको पाँचौं साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्षमा हरिबहादुर श्रेष्ठ चयन भएका छन् ।

अधिबेशले बरिष्ठ उपाध्यक्ष अमन भारती, उपाध्यक्ष रोशन श्रेष्ठ, महासचिवमा केशव मकाजु, सचिवमा प्रविण कुँवर, कोषाध्यक्षमा बिष्णु थापा मगर, सहकोषाध्यक्षमा भुवन न्यौपाने र सदस्यद्वयमा अमृत कुमार श्रेष्ठ र तिर्थराम बाँनियालाई चयन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेको प्रमुख आथित्यतामा भएको उत्तल अधिबेश उद्घाटन सत्रमा जिल्ला अस्पताल धादिङका प्रमुख डा. गगन अधिकारी, प्रहरी प्रमुख, रेडक्रसकर्मी नारायण तिमल्सिना लगायतको आथित्यता रहेको थियो ।