![](https://dhadingpost.com/wp-content/uploads/2025/01/rais.jpg)
धादिङ । वेनीघाट रोराङ गाउँपालिकाको वार्षिक क्यालेन्डर अनुसार भएको माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ३७ अंक सहित राइजिङ स्टार बोर्डिङ स्कुलको टिम उम्मिद थपलिया, पर्सिला थपलिया र आशिष थपलिया प्रथम भएको छ ।
ब्राइटफ्युचरमा भएको उक्त प्रतियोगितामा ३४ अंक सहित ब्राइटफ्युचर द्वितीय, २७ अंक सहित कालिका मावि तृतिय भएका थिए ।
यस्तै शुक्रबार नै बागेश्वरी माविमा सम्पन्न आधारभूत विद्यालय तर्फको हाजिरी जवाफ प्रतियोगितामा २९ अंक सहित चन्द्रोदय मावि विशालटारको टिम रितीका त्रिपाठी, रक्षक श्रेष्ठ र राजिव भट्ट प्रथम, २६ अंक सहित कालिका आवि द्वितीय, २५ अंक सहित चन्द्रोदय मावि बेनीघाट तृतीय भएका छन् ।
प्रतियोगिताको आयोजना बेनीघाट रोराङको शिक्षा युवा तथा खेलकुद शाखा गरेको थियो ।