खेलकुद धादिङले पदक विजेता खेलाडीको अभिलेखका लागि विवरण माग्यो

Avatar photo
Dhadingpost
बिहिबार, पुस १८, २०८१

धादिङ । धादिङ जिल्ला खेलकुद विकास समितिले धादिङ जिल्ला स्थायी घर भई प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुको अभिलेख राख्नका लागि विवरण माग गरेको छ ।

जिल्लाबाट सहभागी खेलाडीहरुको विवरण त हामी सँग छ । विभागीय, क्लव वा अन्य संस्थाहरुबाट प्रतिनीधित्व गरि प्रदेश तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जितेका सबै खेलाडीहरु सबैको विवरण नभएकोले विवरण संकलनका लागि सूचना जारी भएको अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।

प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण विजेताहरुको भने कार्यालयमा सबैले देख्नेगरि फोटो सार्वजनिक गर्ने छौं भने अन्य पदक विजेताहरुको सूची अभिलेखमा राखिने उनले बताए ।

सूचनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरीय खेलमा पदक विजेता धादिङ स्थायी ठेगाना भएको सबै खेलाडीहरुलाई एक प्रति फोटो, खेल विधा, प्रतियोगिताको नाम, पदकको विवरण कार्यालयमा उपस्थित भई वा इमेल adingsports429@gmail.com मा उपलब्ध गराउन भनिएको छ ।