धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकालले एक हप्ताका लागि ४७ शिक्षकलाई आन्तरिक भ्रमणका लाई सरुवा गरेको छ ।
एक विद्यालयको राम्रा अभ्यास अर्को विद्यालयमा लैजाने र शिक्षक/शिक्षक बीच शिक्षण सिकाई क्रियाकलापहरु आदान/प्रदान गर्ने उद्देश्यले एक हप्ताका लागि शिक्षकलाई आन्तरिक भ्रमणका लागि सरुवजा गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।
सम्बन्धित शिक्षकले जुन विद्यालयमा खटिएको हो सो विद्यालयको प्र.अ. बाट ७ कार्य दिनको हाजिरी प्रमाणित र फरक विद्यालयमा जाँदा के कस्तो अनुभूति सहितको संक्षिप्त प्रतिवेदन पेश गर्नु पर्ने समेत बताईएको छ ।
गत वर्ष पनि बेनीघाट रोराङका ३४ जना शिक्षक एक हप्ताका लागि आन्तरिक सरुवामा परेका थिए । गतवर्षको प्रभाव सकारात्मक देखिएकोले यो वर्ष पनि नि।रन्तरता दिईएको अधिकृत पाठक बताउँछन् ।