एमाले धादिङका पुराना नेता दुर्गा लम्साल माओवादीमा प्रवेस

Avatar photo
राजाराम रिजाल
आइतवार, पुस १४, २०८१

धादिङ । ०३३/३४ साल देखि विद्यार्थी संगठनबाट संगठित हुँदै, एमाले पार्टीको किसान संगठनमा लामो समय बिभिन्न जिल्ला तथा प्रदेश स्तरको भुमिका रहि काम गर्दै आएका नीलकण्ठ ९ का दुर्गाप्रसाद लम्साल आज माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

मेहनती र सफल किसानका रुपमा समेत परिचित साबिक मुरली भञ्ज्याङमा एमाले पार्टी निर्माण देखि विस्तार कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका लम्साललाई माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पबिक्रम मल्ल, शालिकराम जम्कट्टेल, रामबहादुर भण्डारी लगायतका नेताहरुले खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

लम्साल सहित नीलकण्ठ नगरपालिकाका विभिन्न वडाबाट १५ जना एमाले लगायत विभिन्न दलका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेस गरेका थिए ।

पार्टी प्रवेस कार्यक्रममा बाेल्दै लम्सालले बर्तमान समयमा माओवादी पार्टीले लिइएको एजेण्डा सहि भएकोले जनतालाई उत्साहित बनाउन आफुहरु माओवादीमा समाहित भएको बताउँदै, ढिलो चांडो माओवादी- एमाले लगायत सम्पुर्ण कम्युनिष्टहरु एक भएर श्रमिक किसान वर्गको एजेण्डा पुरा गर्न लाग्नु पर्ने बताएका थिए ।