गजुरीको राष्ट्रपति रनिङ शिल्ड, डोल भञ्ज्याङको लगातार तेस्रो जित

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ५, २०८१

धादिङ । धादिङको गजुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डोलभन्ज्याङ माविले लगातार तेस्रो जित निकाल्दै रनिङ शिल्ड आफ्नो बनाएको छ ।

पौष २ गतेदेखि ४ गतेसम्म गजुरी ५ स्थित गलौदी खेल मैदानमा भएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा १३ स्वर्ण, ११ रजत र ६ कास्य पदक सहित डोल भञ्ज्याङ माविले लगातार तेस्रो जित आफ्नो पक्षमा पार्न सफल भएको हो ।

गजुरीका ११ वटा माध्यामिक विद्यालयले भाग लिएको यस प्रतियोगितामा महेन्द्रोदय मावि ५ स्वर्ण सहित द्वितीय र आदर्श मावि ४ स्वर्ण सहित तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।