धादिङ । धादिङकाका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि विद्यालय खेलकुद महासंघ धादिङ गठन गरिएको कोषाध्यक्ष भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले १३ सदस्यीय कमिटी गठन गरेको हो जसको अध्यक्षमा शान्तबिक्रम बानियाँ चिल्ड्रेन पार्क, उपाध्यक्षमा अमृत गुरुङ नलाङ्ग पात्ले मावि र महेन्द्र तामाङ नीलकण्ठ मावि, सचिवमा उत्तम भट्ट नीलकण्ठ मावि चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा उत्तम श्रेष्ठ गैरी गाउ मावि, गोकर्ण अधिकारी देउराली मावि, सबिना श्रेष्ठ सान्कोश मावि, बिनोद थापा न्यू किबो बोर्डिङ, राम बहादुर भण्डारी धादिङ बोर्डिङ, रबिना कार्की चिल्ड्रेन पार्क, हरि बहादुर श्रेष्ठ पन्चकन्या मावि, प्रकाश भण्डारी ब्राइट फ्यूचर चयन भएका छन् ।