रोटरी क्लव धादिङद्वारा फरक क्षेमताका विद्यार्थीलाई क्रिकेट सिकाई

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ३, २०८१

धादिङ । धादिङबेसी स्थित खुल्ला मञ्चमा रोटरी क्लव अफ धादिङ र रोट्रयाक्ट क्लब धादिङले ड्रिम क्रिकेट अष्ट्रेलियाको सहयोगमा बौद्धिक अपाङ्ता र बहिरा विद्यार्थीहरुलाई आईतबार प्रयोगात्मक क्रिकेट सिकाई कार्यक्रम सम्पन्न गरेको छ ।

क्रिकेट खेल्न र सिक्न नमूना वौद्धिक अपाङ्गता आधारभूत विद्यालय शान्तिटार नीलकण्ठ र स्वाबलम्बी बहिरा आधारभूत विद्यालय नीलकण्ठका विद्यार्थीहरु सहभागि थिए ।

रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाईलीको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गरेका थिए । अष्ट्रेलियाका रोटरियनहरु Murray Peterson- Dream Cricket Australia Secretary मेरी ब्रेल, डेनिस यारिन्टन, इभा हनिब्रुकले सहभागि विद्यार्थीहरुलाई क्रिमेट खेल्न सिकाएका थिए ।

उक्त तालिमका लागि रोटरियन प्रकाश अर्यालले ड्रिम क्रिकेट अष्ट्रेलिया सँग सम्पर्क गराउन सहयोग भएको र उक्त तालिमले धादिङका फरक क्षेमता भएका विद्यार्थीहरुमा क्रिकेट कसरी खेल्ले भन्ने जागरण पैदा गराएको रोटरियन भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।