
धादिङ । धादिङको खनियाबास गाउँपालिका ३ स्थित कुरीको कुतिङ खेल मैदानमा आदर्श ङर्दिम युवा समाजको आयोजना र कुरि लालुपाते आमा समूहको सहआयोजनामा जारी फुटबल प्रतियोगिताको फाईनल भोली कार्तिक १७ गते दिउँसो १ बजे हुने भएको छ ।
१६ टिम सहभागि यस प्रतियोगिताको फाईनल भीजी फुटबल क्लव र सानो पञ्चायत युवा समाज बीच हुने भएको हो । भव्य सांस्कृतिक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने शुब्बु तामाङले धादिङपोष्टलाई बताए । सेमिफाईलमा सानो पन्चायतले अक्थलि युवा क्लबलाई ६–० कोल गन्तरले र भीजी फुटबल क्लवले आयोजक आदर्श ङर्दिम युवा समाजलाई २–० ले हराउँदै फाईनल पुगेका थिए ।
प्रतियोगिताको विजेताले २० हजार २२०, द्वितीयले १० हजार ११० र तृतीय हुने टिमले ५ हजार ५१५ नगद जित्ने छन् । गत वर्ष कुरि गाउँमा आमा समूह स्तरीय फुटबल प्रतियोगिता भएको थियो जु प्रतियोगिता लालुपाते आमा समुहले जितेको थियो ।
खनियाबास ३ का अध्यक्ष कमानसिङं तामाङ प्रमुख आतिथ्यता र ठुडे तामाङको विशिष्ट आतिथ्यता मा पुरस्कार वितरण एवम् खेल समापन तथा सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ । सांस्कृतिक कार्यक्रमका चर्चित मेन्दोमाया गायकहरु कुरी पुगिसकेका छन् ।
‘सुन चौर’ अर्थात् कुरी गाउँ आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक ठाउँ हो । दार्खाबाट सत्यदेवीको उकालो उक्लिए पछी कृषि पर्यटन र सांस्कृतिक विरासत बोकेको कुरी गाउँ पुगिन्छ । ऐतिहासिक ल्याक्चे कुण्डको सौन्दर्यताले यस गाउँलाई मनमोहक बनाएको छ । यसको प्रचार प्रसारका लागि स्थानीयहरुले नियमित कार्यक्रमहरु गर्दै आईरहेका छन् ।