
धादिङ । बेनीघाट राेराङकाे नमूना विद्यालय चन्द्रोदय मावि विशालटारकाे खेलकुद सप्ताह सम्पन्न भएकाे छ ।
कात्तिक २५ गते देखि सुरु हुन लागेको बेनीघाट रोराङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे तयारी समेत भन्न मिल्ने यस खेलकुद प्रतियाेगितामा ६५० भन्दा बढी विद्यार्थीकाे सहभागीता रहेकाे थियाे भने ३२ विधाका खेलहरु समावेश गरिएकाे सूचना अधिकारी राजेन्द्र पाण्डेले बताए ।

यस विद्यालयमा ९५४ विद्यार्थी अध्ययनरत भएतापनि ९ कक्षा सम्मलाई मात्रै खेलकुद सप्ताहमा सहभागी गराईएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र त्रिपाठीले खेलकुद सप्ताहको उदघाटन गरे सँग सुरुभएकाे प्रतियाेगिता कात्तिक ९ गते विजयी खेलाडीहरुलाई पदक र प्रमाणपत्र वितरण गरी खेलकुद सप्ताहको समापन गरिएको थियो ।
उक्त समापन कार्यक्रममा बालविकास देखि कक्षा १२ सम्मका विजयी खेलाडीलाई स्वर्ण, रजत र कास्य गरी ५९८ वटा पदक र प्रमाणपत्र वितरण भएको थियो । यसै खेलकुदलाई आधार मान्दै कात्तिक २५ गते देखि सुरु हुन लागेको बेनीघाट रोराङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता का लागि चन्द्रोदय मावि,विशालटारले आफ्नो खेलाडीहरु छनोट गरेको छ ।