धादिङ । कांग्रेस धादिङ क्षेत्र नम्बर १ को (ख) ले असोज १२ शुभकामना आदान प्रदान गर्ने विजया दशमी , शुभ दीपावली , छठ तथा नेपाल सम्वत ११४५ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
असोज १२ गते हुने भनिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले आउने कांग्रेस धादिङले जनाएको छ ।
कार्यक्रम गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसको सभा हुने बताईएको छ ।